शिबराज खनाल
दाङ
लमही नगरपालिका ७ हस्नापुरका मधु गिरीले एक बिगाहाकाे धान खेत मासेर ब्याबसायिक कागति खेति गर्न थालेकाे अहिले २ बर्ष भयाे ।
२ बर्ष अघि सम्म धान बाली लगाउदै अायका उनी अहिले कागती खेतिमा रमेका छन् । पहिले धानले भरिएको उनकाे खेत अहिले कागतिका बिरुवाले छपक्कै ढाकेकाे छ । धान खेतिका बेला सधै जसाे मलकाे हाहाकार हुने ,भनेकाे बेलामा सिचाईकाे असुबिधा हुने र जेनतेन उत्पादन गरियकाे धानबाट बिकृका लागि बजार मुल्य समेत साेचे जति नपाउदा नगद अाम्दानीकाे बिकल्पकाे रुपमा अाफुले कागति खेति राेजेकाे गिरीकाे भनाई छ । प्रसस्त सिचाई सुबिधा हुने न मिहेनत अनुसारकाे कमाई हुने त्यसैले खेत मासेर कागति वारि बनाए । उनकाे बारिमा अहिले लटरम्म कागति फलेका छन् ।
अार्थिक बर्ष ७८/७९ बाट शुरु गरेकाे कागति खेतिबाट गत बर्ष देखि उत्पादन भै अाम्दानी अाउन थालेकाे गिरीकाे भनाई छ ।
“याे ब्याबसायबाट बजार नपाईयला भन्ने पिर पनि छैन समयमा बीउ मल नपाईयला कि भन्नि छैन , कम मेहनत, थाेरै लगानी र बजार माग पनि राम्रो भयकाकारण कागति खेति गरे” – गिरिले भने । उनि करिब २ सय कागतिका रुखबाट बार्षिक चार लाख सम्म अाम्दानि हुने गरेकाे छ । बाकी खेतमा पनि थप कागतीका बेर्ना थप गर्नेमा योजनामा उनी छन ।

गिरी जस्तै लमही नगरपालिका ८ सतबरिया गाेजेनाका राज कुमार खड्का पनि ब्याबसाियक कागति खेति प्रती अाकर्षित भएका छन । सरकारी सेवाबाट निबृत्त भयका खड्काकाे दैनिकी कागति रेख देखमै बित्ने गरेकाे छ ।उनले पनि दुई बिगाहाकाे धान खेतमा कागति खेति सुरु गरेका छन । जागिरे हुदा विभिन्न स्थानका फलफुल खेतिकाे अनुगमन र अबलाेकन गरेर उत्साहित खड्काले बिगतका दिनमा ब्याबसािय कृषकहरुकाे कै प्रेरणाका कारण कागति खेति शुरु गरेकाे बताउछन ।
उनकाे खेतमा अहिले करिब चार सय कागतिका रुख हरु रहेका छन । कृषि प्राबिधिकहरु सगकाे परामर्श बाट ब्याबसाय शुरु गर्नु भयका खड्काले अहिले धान खेति सगै कागति खेति गर्दै आएका छन। कागति बाट राम्रो अाम्दानी हुन थालेपछि बिस्तारै धान खेति मासेर कागति ब्याबसायमा जम्ने याेजनामा रहेको खड्का बताउछन । ” अहिले खेतको आलिमा बेर्ना हुर्कदै छन , कति त सानैमा पनि फल्न थाले अब यो सालको धान काटेर पुरै खेतमा लगाउनुपर्ला ” – खडकाले भने ।
गिरि र खडका मात्र हाेईन दाङ जिल्लामा ब्याबसाियक रुपमा कागति खेति गर्ने कृषककाे सख्या बर्षेनि बढ्दै गयकाे छन । कुनै बेला सामान्य घरायसि प्रयाेजनका लागि मात्र दुईचार बाेट बिरुवा लगाउने चलन भय पनि पछिल्लाे समय जिल्लामा कागति खेतिकाे ब्याबसायिक उत्पादन र खेति बढ्दै गयकाे छ । बजारमा कागतिकाे माग दैनिक बढ्दै गयपछि पछिल्लाे समय जिल्लामा कागति खेतिलाई नगदेबालिकाे रुपमा समेत कृषकहरुले लिन थालेका हुन ।
माग अनुसारकाे अापुर्ति नहुदा बजारमा चर्काे मुल्य तिरेर भारतिय कागति किन्दै अायका दाङका उपभाेकताहरुलाई कागति खेतिकाे कृषककाे बढ्दाे अाकर्षण सगै अबकाे केही बर्षमै नेपाल कागतिमा अात्म निर्भर हुनेमा अाशाबादी हुन सकिन्छ ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार दाङमा २ बर्ष भन्दा पहिले ५० हेक्टर क्षेत्रफलमा कागती खेती हुँदै आएको थियो तर यो २ बर्षको अबधिमा ह्वात्तै बढेर २९१ हेक्टर क्षेत्रफलमा कागती हुँदै आएको छ । अहिले ११० हेक्टरमा बार्षिक ५६० मेटि्रकटन कागती उत्पादन भैरहेको र बाकी क्षेत्रफलमा कागतिका बिरुवा हुर्किरहेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ बिज्ञ तथा सुचना अधिकारी पृथ्वी राज लामिछानेले बताए । ‘ कागतिमा राम्रो आम्दानी देखे पछि किसानले जथाभावी बिरुवा लगाउन थाले पछि पछिल्लो समयमा समस्या भने देखिन थालेको छ , कागती भनेर लाउनुत हुन्छ तर कागती प्रजातिको अन्य फलनै फल्छ तेहि कारण किसानले उचित मूल्य पाउनुहुन्न , यो मुख्य समस्याका रुपमा आएको छ ‘ – लामिछानेले भने ।

