पहिरोले खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा एक घर बगाएको छ ।

१२ असोज । पहिरोले खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा एक घर बगाएको छ । एक घर भत्किएको छ । भारी वर्षाका कारण असोज ११ गते राती गएको पहिरोले राखाबांदेल सोखुका शान्तिकला राईको घर बगाएको गाउँपालिका अध्यक्ष गिरेन्द्र राईले बताए ।

पहिरोले कालीमायाँ घिमिरेको घर पूर्ण रुपमा ढलेको छ । घर बगाउन लाग्दा स्थानीयले भने भागेर ज्यान जोगाएको स्थानीय बलिधन कार्कीले बताए । यस्तै, भैरबहादुर कार्की, ज्ञानबहादुर कार्की, चेतनाथ घिमिरे, बाबुराम कार्की र भुपराज कार्की विस्थापित भएका छन् ।

पूर्णरुपमा घर क्षती भएका दुई परिवारलाई गाउँपालिकाको कार्यविधि अनुसार राहत सहित प्रतिपरिवार २० हजार प्रदान गर्ने तयारी गरिएको छ । अन्य पिडितलाई क्षतीको आधारमा त्रिपाल, खाद्यान्न लगायतका वन्दोवस्तीका सामग्री प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

करिब डेढ सय घरको बासोबास रहेको सोखुका स्थानीयले उद्धारका लागि हेलीकोप्टरको माग गरिरहेको गाउँपालिका अध्यक्ष राईले बताए

chandrasuryamedia.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *