खोटाङमा भ्रष्टाचार वडाअध्यक्ष निलम्बित ९ जनालाई भ्रष्टाचार मुद्दा..

खोटाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीद्वय बालकृष्ण चापागाईं र गणेश प्रसाद भट्टराईसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

अख्तियारले गैरकानूनी लाभ तथा हानि पुर्‍याइ भ्रष्टाचार गरेको ठहरसहित बिहीबार (आज) विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूमाथि दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ मा रहेको श्री जनता उच्च माध्यमिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालय, खोटाङबाट विभिन्न विषयमा प्राप्त अनुदान रकम हिनामिना गरेको आरोप छ।

               chandrasuryamedia.com……

Leave a Reply

Your email address will not be published. Required fields are marked *