खोटाङ ऐसेलुखर्क गाउँपालिकामा तीज बिषेश कार्यक्रम…

खोटाङ ऐसेलुखर्क गाउँपालिकाले हिन्दु नेपाली नारीहरूको महान पर्व तीजमा बिषेश कार्यक्रम गर्ने भएको छ। नेपालीहरू को धर्म, संस्कृति र परम्परा जोगीने र पालिकामा रहेका नारीहरूलाई मनोरञ्जन समेत हुने भएकाले उक्त कार्यक्रम गर्नलागेको    पालिकाको सुचाना अधिकारले बताएका छन् । उक्त कार्यक्रममा पालिका बासी सम्पूर्ण नारीहरूलाई उपस्थितिको लागी बिषेश जानकारी गराइएको छ ।

बिषेश कार्यक्रम:
(क) सँगिनी नाच
नियमहरु:
१• एक टिममा ७ देखि १० जनाको समूह हुनु पर्नेछ।
२• भेषभुषालोई मान्यता दिइनेछ।
३• कुनै जात, धर्म र समाजलाई असर हुने खाल्को सब्द चयन गर्न पाइने छैन।
४• तीज बिषेश शब्दहरू मात्र प्रयोग गर्नु पर्नेछ, समाजलाई अपाच्य शब्दहरू प्रयोग गर्न पाइने छैन।
५• प्रत्येक वडा बाट २ समूहले मात्र भागलिन पाउनेछन्।
६• प्रत्येक सहभागी समूहले आफ्नो वडाको सिफारिस ल्याउनुपर्नेछ।
७• प्रत्येक सहभागी समूहलाई ७मिनेटको समय दिइनेछ।
● कार्यक्रम हुने मिति : २०८१/०५/१९ गते बुधबार
● समय: १० बजे बिहान
● स्थान: ऐसेलुखर्क ३ गोदाम चौर खोटाङ

सम्पूर्ण नेपाली नारीहरूलाई तीजको बिषेश शुभकामना..
____________________________
Chandra surya midea Kathmandu 3 nepal :

Leave a Reply

Your email address will not be published. Required fields are marked *