“खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका बाकाचोल २ मा रहेको श्री कालिका मा. वि. स्कुललाई (माउन्टेन म्याजिक ट्रेक प्रा. ली.) का सञ्चालक रेवती प्रसाद पराजुलीको संयोजकत्व मा फ्रान्सेली दाताहरू र माउन्टेन म्याजिक ट्रेक मार्फत संयुक्त सहयोग भएको छ। स्कुलमा रहनुभएको शिक्षक शिक्षिकाको लागि ब्याग, विद्यार्थीहरूको लागि ट्याकसुट, टोपी, जुत्ता,झोला, तेकन्दो खेलाडीको लागि ड्रेस र स्टेसनरी सामानहरू हस्तान्तरण र वितरण गरिएको छ।

लामो समयदेखि पर्यटकीय क्षेत्रमा ट्रेकिङ गाइड को काम गर्दै आउनुभएको र केही वर्ष अगाडि माउन्टेन म्याजिक ट्रेकिङ नामको कम्पनि खोल्नुभएको र सोही कम्पनि मार्फत धेरैलाई रोजगारीको अवसर पनि दिँदै आउनुभएको र योभन्दा पहिले पनि विभिन्न गाउॅं ठाउँमा विभिन्न तरिकाले सहयोग गर्दै आउनुभएको समाजसेवी पराजुलीले यो पाली भने आफैंले अध्ययन गरेको स्कुललाई सहयोग गर्नुभएको छ।

एक गरिब परिवारमा जन्मिनुभएको पराजुली एसएलसीसम्म सोही स्कुलमा पढ्नुभएको थियो। सानै उमेरदेखि पर्यटकीय क्षेत्रमा पोटर गाइड गर्दै अहिले आफ्नै अफिस खोल्नुभएको र आफूले पढेको स्कुललाइ सहयोग गर्न पाउँदा अत्यन्तै खुसी भएको बताउनुहुन्छ।

खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका २ बाकाचोल जस्तो विकट ठाउँमा सरकारी स्कुलमा अध्ययन गरि अहिले सफल पर्यटन व्यवसायी हुँदा ( विकट ठाउँमा जन्मिएर सरकारी स्कुल पढ्नेले केही गर्न सक्दैन भन्नेहरूको लागि गतिलो उदाहरण बन्नुभएको छ।)

श्री कालिका मा.वि. का प्रधानाध्यापक धर्मानन्द घिमिरे भन्नुहुन्छ सरकारले दिएको सेवा सुविधाले यस्तो विकट ठाउँमा विद्यार्थीलाई सहज तरिकाले शिक्षा दिन गाह्रो भइरहेको छ गर्मीयाममा लगाउने ड्रेस र जाडो मौसममा लगाउने विद्यार्थीको ड्रेस र अन्य सेवा सुविधा नहुँदा सीमित स्रोत साधनले मात्र यो विकट ठाउँमा शिक्षा दिन अत्यन्तै गाह्रो भएको छ। जसो तसो गुणस्तरीय शिक्षा दिने कोसिस गरिरहेका छौं । यस्तै दाताहरु आएर सहयोग गर्नुहुँदा केही राहत हुन्छ, खुशी लाग्छ ।
अन्त्य मा पराजुली भन्नुहुन्छः मेरो बाबा यत्न प्रसाद पराजुली पनि पर्यटन क्षेत्रमै लामो समयसम्म काम गर्नुभएको हो र आज म यहाँसम्म पुग्नुमा मेरो बाबाको ठूलो हात छ।
chandra surya media.

