सन्जीव नाछिरिङ राई र जमुना नाछिरिङको अभिनय रहोको म्युजिक भिडियो कालो धब्बा सार्वजनिक भएको छ।

मौलिकता, संस्कृति र सिर्जनशीलतालाई आत्मसात् गर्दै गायक सर्जक परेश राईको स्वरमा सजिएको बहुप्रतिक्षित म्युजिक भिडियो कालो धब्बा, विशेष म्युजिक ( bishesh music) युट्युब च्यानलमार्फत विश्वव्यापी रूपमा सार्वजनिक भएको छ।

म्युजिक भिडियोमा एक विधुवा महिला र पारिवारिक,सामाजिक कथावस्तुलाई समेटिएको छ । भिडियोमा सन्जीव नाछिरिङ राई र जमुना नाछिरिङको मुख्य अभिनय रहोको देख्न सकिन्छ भने अन्य आर्टिस्टहरूको पनि अभिनय रहेका छन् ।

गीतको म्युजिक भिडियो विजय मगरको निर्देशनमा तयार भएको हो। छायांकन सानम तामाङ, संगीत विशेष खालिङ, lyrics लक्ष्मी काफ्ले, arrange देबेश राई र mixing राजु कार्की ले गर्नुभएको हो।  

   म्युजिक क्षेत्रमा खोटाङका उदाउँदा तारा मानिने सन्जीव नाछिरिङ राई भन्नुहुन्छ … म गीत संगीत क्षेत्रमै केही गर्न चाहन्छु। र निरन्तर लागिरहनेछु भिडियो राम्रो बनेको छ। सुझाव सल्लाह र प्रतिक्रिया र सपोर्ट गरिदिनुहोला । म आफूलाई म्युजिक भिडियो मार्फत नै चिनाउन चाहन्छु। खोटाङको एक विकट ठाउँमा जन्मिएर केही गर्ने आँट र ऊर्जाको साथ यो क्षेत्रमा लागिरहेको छु । आउँदा दिनहरूमा अझ योभन्दा राम्रो गर्ने प्रयास गर्नेछु। प्रत्यक्ष अप्रत्यक्ष रूपमा माया र सपोर्ट गरिदिनुहुने र हाम्रो भिडियोलाई रुचाइदिनु हुने यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद !

हजुरहरूको अझै धेरै माया, साथ, सपोर्टको अपेक्षा राखेको छु।

                  chandra surya midea….

Leave a Reply

Your email address will not be published. Required fields are marked *