तेस्रो स्थानका लागी अष्ट्रेलिया र स्वीडेन भीड्दै

फिफा महिला विश्वकप फुटबलको तेस्रो स्थानका लागि शनिबार घरेलु टोली अष्ट्रेलिया र स्वीडेनबीच प्रतिस्पर्धा हुने भएको छ ।

 

 

सेमिफाइनलमा पराजित दुवै टोली तेस्रो स्थानका लागि आज भिड्न लागेका हुन्। अष्ट्रेलियाको सनक्रप स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने २ बजे हुने खेलको विजेता तेस्रो हुनेछ भने पराजित टोलीले चौथो स्थान हात पार्नेछ।

पहिलो सेमिफाइनलमा स्वीडेन स्पेनसँग २–१ गोलले पराजित भएको थियो भने अष्ट्रेलिया इंग्ल्याण्डसँग ३–१ ले पराजित भएको थियो।

विश्वकपको फाइनलमा स्पेन र इंग्ल्याण्डबीच आइतबार प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *