एसियाली रग्बी यू–२० सेभेन्स प्रतियोगिता आजदेखि

काठमाण्डौः एसियाली रग्बी यू–२० सेभेन्स प्रतियोगिता शनिबार शुरु हुँदैछ।

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल शुरु हुन लागेको हो। दुई दिने प्रतियोगितामा पुरुष र महिलाका छुट्टाछुट्टै स्पर्धा हुनेछ।

पुरुषतर्फ नेपालसहित सात टिम सहभागी छन्। नेपालसहित भारत, थाइल्याण्ड, मलेसिया, चाइनिज ताइपेइ, उज्वेकिस्तान र हङकङ सहभािगता जनाउने छन् । महिलातर्फ भने नेपालसहित थाइल्याण्ड, मलेसिया र हङकङले खेल्नेछन्।

उद्घााटन खेलमा पुरुषतर्फ नेपालले भारतसँग खेल्दैछ। महिलातर्फ भने नेपाल र हङकङबीचको प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा करिब २०० विदेशी खेलाडी र २५ खेल निर्णायक तथा पदाधिकारी सहभागी रहने संघले जनाएको छ।

प्रतियोगितामा महिलातर्फ ४ टिम मात्र भएकाले एक पोलमा राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ भने दुई समूहमा विभाजन गरी लिग कम नआउटका आधारमा प्रतियोगिता हुनेछ।

गत वर्ष नेपालमै एसिया रग्बी यू–१८ सेभेन्सको आयोजना भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *