कुलोले बगाउदा पाँच बर्षिय बालकको ज्यान गयो
दाङ श्रावण ३२ कुलोले बगाउदा दाङमा पाँच बर्षिय बालकको ज्यान गएको छ । घोराही उपमहानगरपालिका १२ का ५ बर्षिय आकाश बुढाथोकीको ज्यान गएको हो । उनलाई मंगलबार राती घर नजिकैको कुलोले बताएको थियो । उनको शब घरदेखि ३ किलोमिटर तल कुलोमा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

