संक्रमणजन्य रोग नियन्त्रण गर्न सांसदद्धारा ध्यानाकर्षण
कोशी प्रदेशका सांसदहरूले संक्रमणजन्य रोगको उपचारमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । आजको प्रदेशसभा बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले डेँगी, आँखा पाक्ने रोगको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद ममता तामाङले सुनसरी र धरानलाई डेँगी संकटग्रस्त क्षेत्र घोषणा गरेर सङ्क्रमितको उपचारका लागि उचित व्यवस्था मिलाउन माग गर्नुभयो ।…

