गलत गर्ने जो कोहिलाई छोड्दैन सरकारः मन्त्री शर्मा

प्यूठान श्रावण ३२
शरणार्थी,सुन तथा ललिता निबास प्रकरणमा दोषी देखि जस्तोसुकै हाइप्रोफाइल ब्यक्तिलाई सरकारले कारवाही गर्न पछि नपर्ने सुचना सञ्चार तथा प्रबिधी मन्त्री रेखा शर्माले बताउनु भएको छ । बिहिबार प्यूठानको जुम्रीमो नेपाल पत्रकार महासंघ प्यूठान शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो बताउनु भएको हो । उच्च पदमा पुगेपछि कानुनले नछुने भन्ने प्रबृती यस सरकारले हटाएको यस्ता प्रबृति भएको जस्तोसुकै उच्च ओहोदाका ब्यक्ति भएपनि कानुन,राज्यका निकायले नछोड्दैनन भन्ने कुरा जनस्तरमा स्थापित भएको उहाँको भनाइ छ । त्यस्तै फरक प्रसंगमा बोल्दै, मन्त्री शर्माले सरकार बोलियो रुपमा प्रस्तुत हुने बतावरण नेपालका मिडियाले सिर्जना गरेको बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *