पुन १९ सय बिन्दुमा उक्लियो सेयर बजार

नेप्से पुन १९ सय बिन्दुमा उक्लिएको छ । अघिल्लो दिन १३ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन ४३ दशमलव २७ अंकले उकालो लागेर १९ सय सात दशमलव ८९ बिन्दुमा उक्लिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ पनि आज आठ दशमलव १४ अंकले उकालो लागेर तीन सय ६६ दशमलव ९७ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज दुई सय ८६ वटा कम्पनीह्रुको सेयर कारोबार भएका छन् । जसबाट ३१ हजार सात सय ८८ पटकको कारोबारमा ३७ लाख ७२ हजार २३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ९३ करोड ४८ लाख ९४ हजार दुई सय १८ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *