समृद्धि सुनचाँदी पसलमा आगलागी

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका ४ शाहीलेकमा रहेको समृद्धि सुनचाँदी गहना पसलमा आगलागी भएको छ ।

पसलमा ग्यास सिलिन्डर बिस्फोट भई आगलागी भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

गहना बनाउने क्रममा ग्याँस लिक भई बिस्फोट हुँदा आगलागी भएको र पसलमा रहेका सुनचाँदीका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले मिलेर आगो नियन्त्रणमा लिइएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *