विद्यार्थीबाट ३ घण्टा थुनिए संस्कृत विश्वविद्यालयका कुलसचिव

दाङ

नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिब माधब अधिकारी ३ घण्टा आफ्नै कार्यकक्षमा थुनिएका छन् । शैक्षिक गतिविधी समयमै सञ्चालन गर्न नसकेको विद्यार्थीहरुका समस्यामा बेखवर बनेको भन्दै केन्द्रिय आयुर्वेद विद्यापिठ स्वतन्त्र विद्यार्थी युनियनले आज कुल सचिव अधिकारीलाई ३ घन्टा आफ्रनै कार्यकक्षमा थुनेका थिए ।
४० दिनमा प्रकाशित गर्नुपर्ने परिक्षाफल सबै प्रकृया पुरा गरेर पनि प्रकाशित नगरेका कारण आजको आन्दोलन गर्नु परेको स्वबियु सदस्य पारस गिरिले जनाए भने विद्यार्थीहरु सबै प्रकृयाका बारेमा जानकार नहुदाँ आजको घटना भएको विश्वविद्यालयका कुलसचिव माधब अधिकारीले जनाएका छन् ।

आयुर्वेद चिकित्शा तर्फ सातौँ सेमेस्टरको परिक्षाफल परिक्षा शुरु भएको ४० दिन भित्र प्रकाशित गर्नु पर्ने नियम रहेको समयमै परीक्षाफल प्रकाशित नहुँदा प्रयोगात्मक अभ्यासमा विलम्ब भएको स्वतन्त्र विद्यार्थी युनियनले जनाएको छ । स्ववियु र विश्वविद्यालयका बिच भएको छलफलमा भाद्र १५ गते परीक्षाफल प्रकाशित गर्ने सहमती भएको छ ।
२ महिना अघि विश्वविद्यालयका ३ स्थानमा लागेको ताला खुलेको १ हप्ता नहुँदै आज फेरी विश्वविद्यालयमा यो घटना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *