अन्तत, बजार परिसुचक १८ सय ७४ बिन्दुमा

सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव १६ अंकले उकालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार २० दशमलव १६ अंकले ओरालो लागेर १८ सय ७४ दशमलव ६० बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९५ अंकले ओरालो लागेर तीन सय ५९ दशमलव १३ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज दुई सय ९२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ६२ हजार ४६ पटकको कारोबारमा ७५ लाख ५७ हजार पाँच सय ४२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ७० करोड एक लाख २९ हजार आठ १५ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक झिनो अंकले उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *