ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ५ को जेरुङ गाउँको काउलेपानीमा यात्रुबाहक जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । धरानबाट ओखलढुंगातर्फ छुटेको को.१ज २८३५ नम्बरको जिप आज साढे २ बजेको समयमा सिद्धिचरण राजमार्गमा दुर्घटना भएको हो । जीप अचानक अनियन्त्रित भई सडककबाट अन्दाजी १० मिटर तल झरी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घाइते सबैलाई ओखलढुंगा सामुदायिक अस्पताल लगिएको छ ।
घाइतेहरूको विवरण निम्न छ-
१, जिल्ला मोरंङ सुन्दर हरैंचा न.पा.६ बर्ष-१९ को सुमन लिम्बु ढाढ र दाहिने खुट्टा नचल्ने बाहिरी चोट पटक नभएको (चालक)
२.ऐ.बस्ने बर्ष ५० को उदय लिम्बु दाहिने पट्टीको चल्लिमा चोट ।
३. जिल्ला ओखलढुंगा चिशंखुगढी गाउपालिका १ बस्ने बर्ष २५ की राधिका राई ढाड नचल्ने बाहिरी चोट नदेखिएको।
४.ऐ.ऐ.बस्ने बर्ष ८६ की धनमाया मगर दाहिने गालामा चोट।
५. ऐ.ऐ. बस्ने निजकै नाती बर्ष २० को शेखर मगर बाहिरी चोट नदेखिएको।
६ .ऐ.ऐ.बस्ने बर्ष २८ की सुनिता राई ढाडमा समस्या बाहिरी चोट ।
७.निजको छोरा बर्ष ३ को कवाङ तामाङ बाहिरी चोटपटक नदेखिएको अबस्था सामान्य।
८.ऐ.ऐ.बस्ने बर्ष २५ को बेनि बहादुर कार्कीको नाकमा चोट अबस्था सामन्य ।
९.ऐ.ऐ.बस्ने बर्ष २१ को किरण कार्की बांया खुट्टामा चोट अबस्था सामन्य।
१०.ऐ.ऐ. बस्ने बर्ष ५६ की सिता कुमारी निरौला सामन्य।
११.ऐ.ऐ. बस्ने बर्ष ६० को पेषल कुमार निरौला सामन्य।
नोट :- १ जना यात्रु तत्काल बोल्न नसक्ने भएकोले नाम थर वतन नखुलेको…


