नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिएको हो । त्यसै सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको बताइएको छ । प्राधिकरणको ३८ औं वार्षिक उत्सवमा बोल्दै प्रवन्ध निर्देशक कुलमान घिसिङले…
ओखलढुंगाको हिलेपानीमा जिप दुर्घटना ८ जना घाइते..
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ५ को जेरुङ गाउँको काउलेपानीमा यात्रुबाहक जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । धरानबाट ओखलढुंगातर्फ छुटेको को.१ज २८३५ नम्बरको जिप आज साढे २ बजेको समयमा सिद्धिचरण राजमार्गमा दुर्घटना भएको हो । जीप अचानक अनियन्त्रित भई सडककबाट अन्दाजी १० मिटर तल झरी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।…
जलवायु संरक्षणबाट प्राप्त ५० करोड रकम मुस्ताङ पठाउने प्रधानमन्त्री प्रचण्डको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले जलवायु संरक्षणको क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत प्राप्त गर्ने ५० करोड रकम मुस्ताङलाई उपलब्ध गराउने घोषणा गरेका छन् । आज मुस्ताङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् । ‘एउटा अन्तर्राष्ट्रिय संस्थाबाट झण्डै ५० करोड सहयोग प्राप्त हुँदैछ, त्यो पचासै करोड मुस्ताङलाई नै हामी दिँदै छौं,’ प्रधानमन्त्री प्रचण्डले…
पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिएको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता समेत रहेको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा पक्राउ परेका ७ चिनियाँ नागरिकसँग जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी भएको नेपाली नागरिकता भेटिएको होे ।
दोहोरो नागरिकत्ता दिएर खुलेयाम राष्ट्रघाती गर्ने काम भईरहेको छ–प्रभु साह
कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले विदेशी नागरिकलाई नेपाली नागरिकत्ता दिने कार्य ‘खुलेआम राष्ट्रघाती कार्य’ भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गैरआवासीय नागरिकलाई नेपाली नागरिकत्ता वितरण गर्न थालेपछि आजपा अध्यक्ष साहले त्यसलाई राष्ट्रघाती कार्य गरेको भन्दै विरोध जनाएका छन् । बडादशैं, दिपावली, छठ पर्व सहित बिभिन्न चाडपर्वको…
यलोनाइफको बाहिरी क्षेत्रमा डढेलो
क्यानडाको उत्तरी सहर यलोनाइफको बाहिरी क्षेत्रमा डढेलो फैलिएको छ । त्यहाँबाट नागरिक विस्थापित हुनेक्रम बढ्दो छ । डढेलोबाट जोगिन हजारौँ मानिस सुरक्षित ठाउँमा लाग्दा स्थानीय विमानस्थल र सहरबाट बाहिरिनेले सडकमा भिड बढेको छ । आपत्कालीन सैन्य उद्धार उडानका लागि पनि सयौँ मानिस लामबद्ध भएका छन् । यलोनाइफका बीस हजारभन्दा धेरै मानिसलाई आज दिउँसोसम्म त्यहाँबाट निस्कन समयसीमा तोकिएको…
ऐसेलुखर्क गाउँपालिका दुई बाकाचोल निवसी नन्द गिरी लाई पदम बहादुर श्रेष्ठ को सहयोग
खोटाङ जिल्ला ऐसेलुखर्क गाउॅंपालिका बाकाचोल दुई पारा बस्ने नन्द गिरी ६ महिना देखि प्यारालाइसिस जस्तो गम्भीर रोग लागि असक्त भएको र गिरी को आर्थिक अबस्था निकै कमजोर भएको र हाल सम्म पनि घर मा खरको छानो भएको हुदा निज लाई सहयोग सोरुप दोलखा जिल्ला गौरीशंकर गाउँपालिका ९ निवसी हाल काठमाडौं कपन मा बस्ने पदम बहादुर…
गठबन्धन पुरा पाँच बर्ष जान्छ : नेता नेम्वाङ
असोज २५ गते नेकपा माओवादी(केन्द्र)का कोशी प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङ मिक्सोले गठबन्धन पुरा पाँच बर्ष जाने जिकिर गरेका छन । सरकारले जनताको पक्षमा दृढतापुर्वक काम गररहेको बताएका समाजवादी मोर्चाले इलाममा आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्वाङले सरकारले भ्रष्टाचार नियन्त्रणमा शुन्य सहनशिलताको निति लिएको र जनताको पक्षमा दृढतापुर्वक काम गररहेको हुँदा प्रतिकृयाबादी कित्ता हायलकायल भएकोले सकार…
गलत गर्ने जो कोहिलाई छोड्दैन सरकारः मन्त्री शर्मा
प्यूठान श्रावण ३२ शरणार्थी,सुन तथा ललिता निबास प्रकरणमा दोषी देखि जस्तोसुकै हाइप्रोफाइल ब्यक्तिलाई सरकारले कारवाही गर्न पछि नपर्ने सुचना सञ्चार तथा प्रबिधी मन्त्री रेखा शर्माले बताउनु भएको छ । बिहिबार प्यूठानको जुम्रीमो नेपाल पत्रकार महासंघ प्यूठान शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो बताउनु भएको हो । उच्च पदमा पुगेपछि कानुनले नछुने भन्ने प्रबृती यस सरकारले…

