ऐसेलुखर्क गाउँपालिका दुई बाकाचोल निवसी नन्द गिरी लाई पदम बहादुर श्रेष्ठ को सहयोग

खोटाङ जिल्ला ऐसेलुखर्क गाउॅंपालिका बाकाचोल दुई पारा बस्ने नन्द गिरी ६ महिना देखि प्यारालाइसिस जस्तो गम्भीर रोग लागि असक्त भएको र गिरी को आर्थिक अबस्था निकै कमजोर भएको र हाल सम्म पनि घर मा खरको छानो भएको हुदा निज लाई सहयोग सोरुप दोलखा जिल्ला गौरीशंकर गाउँपालिका ९ निवसी हाल काठमाडौं कपन मा बस्ने पदम बहादुर श्रेष्ठ ज्यु ले बिरामी नन्द गिरी को घर मा टिनको छानो लगाई दिने र केही आर्थिक सहयोग गर्ने प्रतिवद्धता गर्नु भएको छ ।

घर को छाना लाई टिन धुवानि को लागी केही रकम पठाई सकेको पदम बहादुर श्रेष्ठ ले बताउनु भयो ।
श्रेष्ठ ले यस्तै दिन दुखी र बिभिन्न स्कुल संघ संस्था लाई धेरै ठाउँ मा सहयोग गर्दै आउनु भाको र यो पालि पनि नन्द गिरी लाई आफुले सकेको सहयोग गर्ने बताउनु भयो । उहाँ ले भन्नु भयो दिन दुखी लाई सहयोग गर्न पाउनु म आफुलाई भग्यमानि मान्छु र यसरी सहयोग गर्ने पाउदा खुसी लाग्छ।

नन्द गिरी को त्यो अबस्था सहयोगी मन पदम बहादुर श्रेष्ठ सम्म पुर्‍याउन सहयोग गर्नु हुने खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका २ बस्ने राजन राई ले पनि यो जाडो मौसम मा निज को घर परिवार लाई केही थान कपड र आर्थिक सहयोग गर्ने बताउनु भयो । र हाल सोही ठेगाना बस्नुहुने राजन राई को दाई हर्क जङ राई को पहल मा निज को घर मा टिन लगाउने काम भैरहेको बताउनु भयो ।
बिरामी नन्द गिरी को दुई छोरा र एक छोरी पनि छन । आर्थिक अभाव भएकोहुदा उक्त बिरामीलाई उपचार, छोरा छोरीलाई पठनपाठन र जिबीकोपार्जन गर्न अत्यान्तै गारो भएको हुदा सहयोगी मन हरू प्रती अझौ सहयोगको अपेक्षा गरेको निज को परिवार बताउनु हुन्छ ।

अन्त्य मा भन्नु भयो हाल सम्म जजस्ले जेजती सहयोग गर्दिनुभयो सम्पूर्ण मा धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *