‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ प्रदर्शनी

काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा ‘मेट्रो आइडिया एन्ड इनोभेसन’ को सोच प्रदर्शनी भइरहेको छ ।

आइडिया बैङ्क अर्थात् नविनतम सोचलाई लगानीसँग जोड्ने तथा नवप्रर्वतक, उद्यमी व्यवसायीको  सीप र ज्ञान अभिबृद्धि गर्ने उद्देश्यका साथ सो प्रदशर्नी आयोजना गरिएको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार आवेदक ७८६ जनाबाट १०१ आइडिया पहिलो चरणमा छनोट भएका थिए । दोस्रो चरणमा ती आइडियामध्ये ५० वटा छनोट भएका छन् । यसरी छानिएका आइडियाहरु मंगलबार प्रदर्शन भइरहेको हो ।

महानगरको सहरी योजना आयोगले आयोजना गरेको प्रदर्शनीमा आइडिया र लगानीकर्ताका बिच तत्काल सम्पर्क (फास्ट ट्र्याकमा) हुने र यसमा सहभागीलाई हरेक विशेषज्ञसँग अन्तरक्रियात्मक कुराकानी हुने गर्दछ ।

‘स्पीड डेटिङ्’ विधिबाट अन्तरक्रिया हुनु ज्ञान बाँडफाँड र साझेदारी गठनका लागि प्रभावकारी र गतिशील मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *