रास्वपा परित्याग गर्दै ईं प्रमोद साहले प्रवेश गरे आजपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका नेता ई. प्रमोद शाह ‘राणा’लाई आजपाले केन्द्रीय सदस्यमा मनोनित गरेको छ । रास्वपाका सप्तरी जिल्ला अध्यक्ष रहेका साह सो पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका थिए । आजपा महासचिव उपेन्द्र साहले प्रमोद साहलाई पार्टीको केन्द्रीय सदस्यमा पार्टीले मनोनित गरेको जानकारी दिएका छन् । प्रमोद साहलाई केन्द्रीय सदस्यमा मनोनित भएको भन्दै आजपा महासचिव साहले उनलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेका छन्

केही समय अघि रास्वपाका चितवन जिल्ला अध्यक्ष धर्मेन्द्र सापकोटा समेत रास्वपा परित्याग गरी आजपामा प्रवेश गरेका थिए । पछिल्लो समय रास्वपाका नेताहरु सो पार्टी परित्याग गरी आजपामा प्रवेश गर्ने क्रम बढेको आजपा केन्द्रीय कार्यालयका सचिव बालकृष्ण सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *