वडा अध्यक्ष घिमिरे मृत फेला

गुल्मी
गुल्मीको मुसिकोट नगरपालिका ८ का वडा अध्यक्ष मोहन घिमिरे मृत फेला परेका छन् । उनले बिहान आज बिहान फेसबुकमा अलिबिदा स्टयाटस लेखेका थिए । उनीले घर नजिकैको जंगलको एउटा रुखमा झुन्डिएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको छ । उनले फेसबुकमा

परिस्थितिको चपेटा परेपछि बाच्न्को अर्थ हुदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन । मलाइ माफ गर र सबै आफन्तजन तथा साथीहरुसगँ माफी माग्दै अलबिदा लेखेका थिए ।

उनी गत २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *