क्रिकेटर लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंमा आज भएको सुनुवाई केही कागजात अस्पष्ट भएपछी स्थगित भएको हो ।

अदालत स्रोतकाअनुसार केही अदालतमा पीडित गौशाला २६ कि आमाको जन्ममिति फरक फरक देखिने कागजातहरु पेश भएको, गौशाला २६ को जन्म हुँदाको अस्पतालको दर्ता किताबको विवरण पनि अस्पष्ट भएकाले त्यसलाई थप स्पष्ट पार्नुपर्ने भन्दै न्यायाधीश राजुकुमार खतिवडाको इजलासको सुनुवाइ स्थगित गरिएको हो।

क्रिकेटर सन्दीप लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै एक किशोरीले गत वर्ष भदौमा जाहेरी दिएकी थिइन्। सो मुद्दामा जिल्ला अदालत काठमाडौंमा भएको सुनुवाइ पटक पटक सरेका कारण हालसम्म अन्तिम फैसला आएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *