खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका बाकाचोल बहुउद्देश्यीय सहकारी संस्था ली. द्वारा संचालित सिंदुरे ढुङ्गा लिदिङ्खोला लघु जलविद्युत आयोजनाबाट उत्पादित विद्युतको महशुल नतिर्ने उपभोक्ताहरुको विद्युत लाईन काटन थालिएको थियो। बर्षौं देखि बिद्युत उपभोग गरे बापतको बिद्युत महसुल तिर्न यस अघि पटक पटक सहकारी संस्थाले ताकेता गरेता पनि बिद्युत महशुल तिर्नुको सट्टामा सहकारी संस्था र त्याहा कार्यरत कर्मचारीहरु लाई धाक धम्की र गाली गलौज गर्न थाले पछि बाध्य भएर लाईन काटन परेको संस्थाका सचिव तुलसीराम पुरीले बताएका छन ।

सहकारी संस्थाले गत माघ २४ गते महसुल नतिर्ने २२ घर को लाइन काटेको थियो जस्मा पुर्व वडाध्यक्ष शन्तबिर तामाङका बुबा डम्बर बहादुर तामाङ को र शन्तबिर को भिनाजु लाक्पा तामाङ को पनि समिति ले राखेको नियम अनुसार नै लाइन काटियो तर पुर्ब वडाध्यक्ष ले आफ्नो बल प्रयोग गरि बिधुत मा काम गर्ने कर्मचारीलाई धाक धम्की दिदै आफूखुसी पूर्व वडाध्यक्ष कै उपस्थित मा लाइन चोरी गरि दुवै घर मा बत्ती बाले को पाइएको छ।

लाइन काट्न गएका एक जना लेखापाल र दुई जना लाइन्समेनमाथि गालीगलौज र धम्की दिएको भन्दै सहकारीका अध्यक्ष हेमकाजी पुरीले आवश्यक कानुनी कारबाहीको माग सहित माघ २८ गते ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा जाहेरी दिएका छन् । तीन महिनासम्म विद्युतको महसुल नबुझाउने ग्राहकको लाइन काट्ने निर्णय अनुसार सहकारीका कर्मचारी प्रहरी सहित माघ २४ गते शन्तबीरका बुवा डम्बरबहादुर तामाङ र भिनाजु लाक्पा तामाङको घरमा लाइन काट्न पुगेका थिए । ईलाका प्रहरी कार्यालय र वाकचोलका वडा सदस्य खगेन्द्र गिरीको रोहवरमा विद्युत लाईन काट्नेक्रममा शन्तबीरले सहकारीका कर्मचारीलाई गालीगलौज गर्दै धम्की दिएको सहकारीका सचिव तुलसीराम पुरीले बताए ।
स्थानीय का अनुसार यो भन्दा पहिले पनि शन्तबिर तामाङ बिभिन्न योजना र काम मा धाक धम्की दि बाधक बन्दै आयको र यस पटक पनि महसुल तर्ने कुरालाई लिएर
आयोजनालाई नै कम्जोर बनाउन तिर लागेको बताउनुहुन्छ ।
स्थानीय को प्रश्न:
> महसुल नै नतिरी बत्ती चोरी गरेर बाल्न छुट् भय हामि किन महसुल तर्ने..?

