झापामा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या
झापा : झापामा धारिलो हतियार प्रयोग गरी एकजनाको हत्या भएको छ। झापाको मेचीनगर नगरपालिका–८ का ४३ वर्षीय सुन्दर किसानको हत्या भएको हो। बुधबार साँझ नजिकैको विद्यालयमा फुटबल हेर्न जान्छु भनी हिँडेपछि उनी घर फर्किएका थिएनन्। बिहीबार बिहान घरदेखि डेढ किलोमिटरको दूरीमा खेतको पैनीमा झाडीले छोपेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना…

