दोहोरो नागरिकत्ता दिने काम राष्ट्रघाती हो– प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले विदेशी नागरिकलाई नेपाली नागरिकत्ता दिने कार्य ‘खुलेआम राष्ट्रघाती कार्य’ भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गैरआवासीय नागरिकलाई नेपाली नागरिकत्ता वितरण गर्न थालेपछि आजपा अध्यक्ष साहले त्यसलाई राष्ट्रघाती कार्य गरेको भन्दै विरोध जनाएका छन् । ‘बिदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो । गैरआवासीय नागरिकता वितरणले बिदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पति बेचबिखन गरि विदेश लैजानको लागि बाटो खुलनेछ’ आजपा अध्यक्ष साहले भनेका छन्, ‘खर्बो खर्बको चल सम्पति अवैध ढंगले विदेश पुर्याईसकेका तिनिहरुले अब आफनो अचल सम्पति पनि खुलेआम विदेश लान पाउनेछन । नेपालमा लुटेर राखेका सम्पति समेत विदेश लैजानलाई अब कानुनी समस्या हुनेछैन ।’

विश्वमा दोहोरो नागरिकत्ताको प्रावधान नरहेको तर नेपालमा दोहोरो नागरिकत्ताको प्रावधान राखेर नेपाललाई खोक्रो राष्ट्र बनाउँने कार्य भईरहेको भन्दै उनले यसलाई रोक्नुपर्ने माग गरेका छन् । ‘दुनियामा काही न भएको दोहरो नागरिकताको प्रावधानले नेपाल छिटै खोक्रो हुने पक्का छ । विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहरो नागरिकताको प्रावधान ल्याईएको भन्ने हाला मचाएर आज ठुलो राष्ट्रघाती कार्य हुदैछ । यस अपराधजन्य कार्यको बिरुद्ध आम जनता एक भएर प्रतिवाद गरौ । राष्ट्रघाती कार्य मुर्दावाद, प्रतिक्रान्तिकारीहरु होशियार’ साहले भनेका छन् । यस अघि सरकारले यो कानून बनाउँदै गर्दा आजपा अध्यक्ष साहले यसको विरोध गरेका थिए । नेपालमा दोहोरो नागरित्ताको प्रावधान खारेज हुनुपर्ने बताउँदै उनले यस्ता कार्यले राष्ट्रलाई झनै कमजोर बनाउँने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *