सन्जीव नाछिरिङ राई र जमुना नाछिरिङको अभिनय रहोको म्युजिक भिडियो कालो धब्बा सार्वजनिक भएको छ।
मौलिकता, संस्कृति र सिर्जनशीलतालाई आत्मसात् गर्दै गायक सर्जक परेश राईको स्वरमा सजिएको बहुप्रतिक्षित म्युजिक भिडियो कालो धब्बा, विशेष म्युजिक ( bishesh music) युट्युब च्यानलमार्फत विश्वव्यापी रूपमा सार्वजनिक भएको छ। म्युजिक भिडियोमा एक विधुवा महिला र पारिवारिक,सामाजिक कथावस्तुलाई समेटिएको छ । भिडियोमा सन्जीव नाछिरिङ राई र जमुना नाछिरिङको मुख्य अभिनय रहोको देख्न सकिन्छ भने अन्य आर्टिस्टहरूको…

