शनिबार खण्डग्रास चन्द्रग्रहण

आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)…

Read More

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयाघातबाट निधन

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको आज बिहान सांघाईमा निधन भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको हृदयाघातका कारण निधन भएको हो । पछिल्ला दिनहरुमा सांघाईमा आराम गरिरहेका लीलाई बिहीबार अचानक हृदयाघात भएको थियो । सबै उद्धारका उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गए राति…

Read More

नबिकेपछि सरकारले घटायो खसी-बोका र च्याङ्ग्राको मूल्य

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई थप सहुलियत प्रदान गर्न खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाएको छ । कम्पनीले जिउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो रु १० छुट दिएको हो । कम्पनीले आजदेखि जिउँदो खसीबोका प्रतिकिलो छ सय ५० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय २५ मा बिक्री गर्न थालेको छ ।…

Read More

मर्स्याङ्दी नदी ९० मेगावाटको अर्धजलाशययुक्त आयोजनाको पीपीए सम्पन्न, ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजना मर्स्याङ्दी नदी जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । तनहुँको भानु नगरपालिका र गोरखाको पालुङटार नगरपालिकामा निर्माण हुने मर्स्याङ्दी नदी जलविद्युत आयोजना आगामी ५ वर्षभित्र निर्माण सम्पन्न हुने प्रवर्द्धक कम्पनी एम ए पावर प्रालीले जनाएको छ । कात्तिक १ गते सम्पन्न पीपीएमा विद्युत प्राधिकरणका कार्यकारी…

Read More

पछिल्लो २४ घण्टामा एक लाखले छाडे उपत्यका

दसैंको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् । आज (शुक्रबार) बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । योसँगै घटस्थापनापछि आजसम्म कुल चार लाख ६६…

Read More

निर्वाचन आयोग दलको लंगौटी बन्दा लोकतन्त्र कमजोर भयो : प्रभु साह

गौर। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्व मन्त्री प्रभु साहले निर्वाचन आयोग राजनीतिक दलको लंगौटी भएको  बताएका छन् । रौतहटको कटाहरिया नगरपालिकाको जमुनियामा आजपाले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले निर्वाचन आयोगले आफ्नो साख जोगाउन नसक्दा देशमा लोकतन्त्र कमजोर बनेको जीकिर गरे । संवैधानिक आयोगको रुपमा रहेको निर्वाचन आयोग आफै…

Read More

मंसिर ७ देखि ११ गतेसम्म काठमाडौँमा हस्तकला मेला हुने

यही मंसिर ७ देखि ११ गतेसम्म काठमाडौँमा २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिता हुने भएको छ । नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले सो मेला आयोजना गर्न लागेको बुधवार आयोजित पत्रकार भेटघाटमा बताए। नयाँ नयाँ निर्यात…

Read More

पुन १९ सय बिन्दुमा उक्लियो सेयर बजार

नेप्से पुन १९ सय बिन्दुमा उक्लिएको छ । अघिल्लो दिन १३ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन ४३ दशमलव २७ अंकले उकालो लागेर १९ सय सात दशमलव ८९ बिन्दुमा उक्लिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ पनि आज आठ दशमलव १४ अंकले उकालो लागेर तीन…

Read More

नार्क कार्यकारी निर्देशक भट्टराई अन्तर्राष्ट्रिय धान सम्मेलनमा सहभागि

काठमाडौं । फिलिपिन्सको मनिलामा अन्तर्राष्ट्रिय धान सम्मेलन सूरु भएको छ । सो सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराई सहभागि भएका छन् । १६ देखी १९ अक्टोबरसम्म चल्ने सो अन्तर्राष्ट्रिय धान सम्मेलनमा नेपाल, भारत, चीन सहितका बिभिन्न देशका १७ सय भन्दा बढी अनुसन्धानकर्ताहरु र ९७ जना मुख्य…

Read More

जलवायु संरक्षणबाट प्राप्त ५० करोड रकम मुस्ताङ पठाउने प्रधानमन्त्री प्रचण्डको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले जलवायु संरक्षणको क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत प्राप्त गर्ने ५० करोड रकम मुस्ताङलाई उपलब्ध गराउने घोषणा गरेका छन् । आज मुस्ताङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् । ‘एउटा अन्तर्राष्ट्रिय संस्थाबाट झण्डै ५० करोड सहयोग प्राप्त हुँदैछ, त्यो पचासै करोड मुस्ताङलाई नै हामी दिँदै छौं,’ प्रधानमन्त्री प्रचण्डले…

Read More